बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न साउन १३ मा सम्झौता हुँदै

नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न साउन १३ मा त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच सम्झौता हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । सम्झौतासँगै नेपालले पहिलो पटक डलरमा बिजुली बिक्री गर्नेछ ।

सम्बन्धित सामग्री

४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै, भारतले दियो अनुमति

नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।

बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु

नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे ।

भारतको बाटो हुँदै ४० मेगावाट बिजुली बंगलादेश निर्यातको तयारी

काठमाडौं। भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी भएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी) को ११औं बैठकले उक्त विषयमा सम्झौताका लागि छलफल गरेको हो । भारत हुँदै बंगलादेश विद्युत् निर्यात गर्न भारतको आयातनिर्यात निर्देशिकाबमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच चाँडै नै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षमा नेपाल र भारतका ऊर्जा सचिवहरूबीच छलफल भएको छ । उक्त छलफलमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरू, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहले जानकारी दिए । निर्देशक समितिको बैठकले १८ पुसमा सम्पन्न सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले गरेको सिफारिशमा छलफल गरेको थियो । बैठकमा नेपाल र भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, भारतीय लगानीका विभिन्न जलविद्युत् आयोजना तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात–निर्यातलगायत विषयमा पनि छलफल भएको उनले बताए । अन्तरदेशीय प्रसारण लाइनका रूपमा सञ्चालित ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता १ हजार मेगावाट बराबर पुर्‍याउने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ । त्यसका लागि ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ । अहिले उक्त प्रसारण लाइनबाट ८०० मेगावाट विद्युत् आयातनिर्यात हुँदै आएको छ । उक्त लाइनको अधिकतम क्षमता उपयोग गर्ने विषयमा संयुक्त प्राविधिक समितिले अध्ययन गरी आवश्यक निर्णय लिनेछ ।  टनकपुर–महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत् प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट २०० मेगावाटसम्म विद्युत् निर्यात गर्न सम्भावित विकल्पबारे जेटीटीमार्फत अध्ययन गराउने सहमति भएको छ । साथै नेपाल र भारतबीच विद्युत् आयातनिर्यात गर्न आवश्यक थप उच्च भोल्टेज स्तरका प्रसारण लाइनको अध्ययन गर्नेबारे पनि छलफल भएको छ ।

नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

२१ मंसिर, काठमाडौं । बंगलादेशी सरकारले नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । त्यहाँको मन्त्रिपरिषद्को आर्थिक मामिला सम्बन्धी समितिको बुधबारको बैठकले नेपालबाट विद्युत् आयात गर्ने प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको हो । नेपालबाट खरिद हुने बिजुलीको मूल्य भने नखुलाइएको समाचारहरुमा उल्लेख छ । आगामी मन्त्रिपरिषद्को सरकारी खरिद समिति (सीसीजीपी)को बैठकमा बिजुली खरिद मूल्यबारे […]

बिजुली निर्यात गर्न नेपाल–बंगलादेशबीच सहमति

काठमाडौं- नेपालको बिजुली बंगालादेश निर्यातको तयारी स्वरुप नेपाल–बंगलादेशबीच बहुपक्षीय प्रारम्भिक सहमती भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको जानकारी दिएको छ । प्रारम्भिक चरणमा बंगलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार प्रारम्भिक सहमति भएको हो । इमेलमार्फत एकापसमा […]

बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाण्डौ – नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । अहिलेलाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्त्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरूको भनाइ छ । नेपाल विद्युत् ...

४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]

बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देश बीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद -