न्यायालय संकटको निकास दिन प्रधानमन्त्री देउवालाई महान्यायाधिवक्ता खातीको आग्रह (भिडियो)

काठमाडौँ– महान्यायाधिवक्ता खम्बहादुर खातीले न्यायालयमा देखिएको संकट समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खातीले न्यायालयमा लामो समयदेखि संकट देखिएको भन्दै छिटो निकास दिनुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बार एसोसिएसनले आन्दोलन गरिरहेको छ भने सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश […]

सम्बन्धित सामग्री

न्यायाधीशहरुलाई पनि राजीनामा दिन वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको सुझाव

पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपालको न्यायालय बचाउन न्यायाधीशहरूले पनि राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोशिएशनले सर्वोच्च अदालत परिसरमा सोमबार गरेको धर्नालाई सम्बोधन गर्दै हाई कोर्टका सबै न्यायाधीशहहरुलाई राजीनामा दिन सुझाव दिएका हुन् ।‘श्रीमानहरू जो यहाँ भित्र हुनुहुन्छ, तपाईहरु हाइकोर्टका सवै न्यायाधीश राजीनामा दिन तयार हुनुस् । राजीनामा दिनुहुन्‍न भने तपाईहरुलाई जागिरे बन्नुहुन्छ, न्यायाधीश