लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको एक वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन। लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन।...
वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग वीरगंजका बुद्धिजीवीले अन्तरक्रिया गरेका छन्। नेपाल बौद्धिक पेशाकर्मी महासंघ तथा नेपाल इन्जिनियर्स समाजको आयोजनामा सेन्टजेभियर्स कलेजमा आयोजित कार्यक्रममा प्रदेश २ ले अध्यादेशमार्फत सिफारिस गरेको वीरगंजको प्राविधिक विश्वविद्यालय र राजविराजको कृषि विश्वविद्यालयको बारेमा छलफल भएको थियो।
सो अवसरमा मुख्यमन्त्री राउतले वीरगंजले विश्वविद्यालय स्थापना…
प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि दुई वटा अध्यादेश सिफारिस गरेको छ । प्रदेश सरकारले पहिलो पटक अध्यादेशमार्फत कानुन ल्याउन लागेको हो ।
प्रदेश मन्त्रीपरिषदको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र सप्तरीको...
प्रदेश नम्बर दुई सरकारले विश्वविद्यालय स्थापना सम्बन्धी दुई वटा अध्यादेश सिफारिस गरेको छ । मङ्गलवार मन्त्रिपरिषद्को बैठकले वीरगन्ज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वीरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना गर्न २ वटा अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गरेको हो । प्रदेश प्रमुखबाट अध्यादेश जारी भएलगत्तै दुवै विश्वविद्यालय स्थापनाको बाटो खुला हुनेछ ।
जनकपुरधाम । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापनासम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय […]
The post प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
असार १, मकवानपुर । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/ ७९ का लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/ ७९ का लागि मंगलवार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ विनियोजन भएको जानकारी दिए ।
बजेटको अधिकांश हिस्सा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा केन्द्रीत रहेको छ ।
मन्त्री ढुङ्गेलले प्रदेशका सबै जिल्ला अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीको उपचार, रोग नियन्त्रण, अस्पतालको स्तरोन्नती र अक्सिजन प्लान्ट स्थापना गर्ने तथा भेन्टिलेटर, एचडीयू र आईसीयू कक्षको व्यवस्थापन गर्न बजेटले विशेष प्राथमिकता दिएको बताए।
उनले प्रदेशमा रहेका ३६६ ओटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ को व्यवस्थापन गर्ने तथा कृषिको उत्पादनको वृद्धि र पशुपालनमा लाग्न किसानलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रदेशका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना छनौट गरी परियोजना बैंकमार्फत भौतिक पूर्वाधार विकास निर्माण र प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न बजेटले प्राथमिकतामा दिएको बताए।
हेटौंडाबाट काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा सञ्चालनका लागि ३० वटा विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान भइसकेको र आगामी छ महीनाभित्रै खरीद भई काठमाडौं आइपुग्ने बजेटमा उल्लेख छ ।
त्यस्तै सरकारले सङ्घीय सरकारको समन्वय र सहकार्यमा भीमफेदी–कुलेखानी सुरुङ निर्माणका लागि आवश्यक बजेट विनियोजन गरी आगामी ४ वर्षभित्रै निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्नेतर्फ बजेटले प्राथमिकता दिएको छ । रासस