नेपाली कांग्रेसलाई १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता शुल्कबाट मात्र आधा करोडभन्दा बढी आम्दानी भएको छ । कांग्रेसले उम्मेदवारी दर्ताका लागि सभापतिलाई ३० हजार, उपसभापति र महामन्त्रीलाई २५ हजार, सह–महामन्त्रीलाई २० हजार तथा केन्द्रीय सदस्यालाई १० रुपैयाँ हजार तोकेको थियो । सभापतिसहित ५ सय ४६ जना उम्मेदवारबाट ५९ लाख ९५ हजार संकलन गरिएको कांग्रेसले जनाएको छ […]