जुम्ला । फ्रन्ट लाइनमा बसेर जातीय विभेदका विरुद्ध लड्नेहरू नै दलीय भएपछि गाउँघरमा विभेदले स्थान पाउन सकेका छैनन्। सिञ्जा गाउँपालिका -६ का वडा अध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढाले गरेको जातीय विभेदको घटनाको मुद्दा दर्ता हुने प्रक्रियामा प्रहरी अवरोधक देखिएको छ। प्रहरीले दुई दिनसम्म पनि बहाना बनाएर मुद्दा दर्ता गर्नबाट उम्कन खोजेको पीडित विवेन्द्र नेपालीले बताए।