ब्लुबुक किर्ते गरेको आरोपमा कमलबावु भट्ट पक्राउ, फर्जी सर्टिफिकेट बरामद

गाडीको ब्लुबुक किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको शान्तिनगरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट छन् ।महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जी ब्लुबुक र सर्टिफिकेट बरामद गरेको छ । भट्टबारे अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।भट्ट वीरगञ्जको जग्गा किर्ते मुद्दामा पनि फरार छन् । वीरगञ्ज महानगरपालिका–५ स्थित

सम्बन्धित सामग्री

सरकारी कागजात किर्ते आरोपमा पक्राउ परेका ढकाल धरौटीमा रिहा

सरकारी कागजात किर्ते गरेको आरोपमा झन्डै एक महिनाअघि पक्राउ परेका त्रियुगा नगरपालिकाका नायब सुब्बा गुरुप्रसाद ढकाल रिहा भएका छन्।...

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।...

किर्ते गरेको आरोपमा कालीकोटको देव माध्यमिक विद्यालयका प्रधानाध्यापक पक्राउ

कालीकोट - कालीकोट महावै गाउँपालिका–३ का ५४ वर्षका देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको आरोपमा हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ । ठकुरीले विद्यालयको खाताबाट १७ लाख रुपैयाँ भन्दा धेरै रकम निकालेको र दस्तखत किर्ते गरेको कसुरमा गएको पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा उजुरी दर्ता भएको थियो । पक्राउ परेका प्रधानाध्यापक ठकुरीका बारेम...

सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

३ पुस, जनकपुरधाम । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए । महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ । […]

किर्ते आरोपमा मटिहानीका मान महन्थ पक्राउ

लक्ष्मी नारायण मठ मटिहानीका मान महन्थ जग्गनाथ दास वैष्णव किर्ते आरोपमा पक्राउ परेका छन्। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरी रोक्का रहेको खाता फुकुवा गरेको आरोपमा...

किर्ते गरेको आरोपमा बुटवलमा एक महिला पक्राउ

रुपन्देही - बुटवलमा किर्ते गरेको आरोपमा महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पा रिब्दीकोट-५ घर भइ बुटवल-११ देविनगरमा बस्दै आएकी २३ वर्षीया प्रजिता गाहा किर्ते र ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । गाहाले जागिर लगाइ दिन्छु भनेर नक्कली नियुक्ति पत्र, लेटर प्याड र परिचय पत्र छापेर ७० जनाभन्दा धेरैसँग रकम उठाएकाे प्रहरीले जनाएको छ । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौँ – राहदानी विभागको अनलाइन फर्म किर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका-११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका […]

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा पक्राउ

२५ भदौ, सुनसरी । प्रहरीले सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् । लामिछानेले आफू लोकसेवा आयोगको कर्मचारी रहेको भनी सरकारी जागिर लगाईदिने भन्दै लोक सेवा आयोगको […]

किर्ते गरी नेपाली नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ परेका तीन जना जेल चलान

कागजात किर्ते गरी नेपाली नागरिकता बनाउन खोजेको आरोपमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

किर्ते गरी बनाएको नागरिकता खारेज

दाङमा किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।आईतबार अपरान्ह वडाअध्यक्षसहित सोही वडाका भीमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरिमाना, कैद सजा