शंखमूलको बर्गर हाउस हटाउन बालेन साहको निर्देशन

काठमाडौं।काठमाडौं महानगरका मेयर बालेन साहले शंखमूलको बर्गर हाउस हटाउन निर्देशन दिएका छन्। माओवादीले आफ्नो केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरणको माग गरेको छ। श्रृजनशील लघुवित्तको आईपीओ भदौ १५ गते खुल्दै छ। धनुषामा ७८ लाख बराबरको भन्सार छलीको सामान बरामद भएको छ। टी–२० क्रिकेटमा नेपाल र केन्याबीच आज पहिलो खेल हुँदै छ।

सम्बन्धित सामग्री

दलबलसहित शंखमुल पुगे बालेन, अन्डरग्राउन्ड खाली गर्न उर्दी

काठमाडौं : अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन  साह  सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ। बिहीबार  बिहान  मेयर बालेनसहित डिआइजी मीरा चौधरी शंखमुल वर्गर हाउसको अन्डरग्राउण्डमा अवलोकनमा पुगेका हुन्।अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन