अदालतको बेथितिविरुद्ध हिन्दूवादीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । पछिल्लो समय न्यायालयमा बढ्दो कचिङ्गल र बेथितिविरुद्ध हिन्दूवादीहरुले प्रदर्शन गरेका छन् । हिन्दूराज्य पुनःस्थापन हुनुपर्ने ब्यानरमा अदालतमा बेथिति अन्त्यको मागसहितकाे प्लेकार्ड बोकेर हिन्दूवादीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा नाम दिएको उक्त समूहले गरेको प्रदर्शनमा अधिवक्ता स्वागत नेपाललगायत सहभागी थिए । हेर्नुहोस् तस्बिरहरू :

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको गेटमा रङ छ्याप्ने २ जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रंग छ्यापेर प्रदर्शन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । न्याय नपाएको भन्दै रंग फालेर प्रदर्शन गर्ने बिनु यादव र ज्यास्मिन ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो । श्रीमानबाट आफूमाथि भएको हिंसामा न्याय माग्न सर्वोच्च आएको बिनुको भनाइ छ । बिनुले यसअघि रामेछाप जिल्ला अदालतको इजलासमा विष सेवन […]

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयबिरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन् ।आइतबार माइतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरुले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयबिरुद्ध बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनताहरुमा नैराश्यता पैदा भएको बताए । उनले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम […]

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध प्रदर्शन

निजगढ : बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढका बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।आइतवार माईतीघर मण्डलामा निजगढ एयरपोर्ट विकासका पक्षधरहरूले सर्वोच्च अदालतको निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा बोल्दै प्रदर्शनकारी विष्णु खड्काले सर्वोच्चले विकासको काम रोक्दा जनतामा नैराश्य पैदा भएको बताए। उनले सर्वोच्च अदालतले राष्ट्रिय गौरवको योजनालाई निमोठ्ने काम गरेको भन्दै निर्णयलाई पुनरावलोकन गर्न माग गरे।उनले निर्णय पु

निजगढ विमानस्थल नबनाउने निर्णयविरुद्ध बिरोध प्रदर्शन

बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको निर्णयविरुद्ध निजगढ वासीहरुले बिरोध प्रदर्शन गरेका छन्।...

अछाम जिल्ला अदालतको फैसलाविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– न्याय माग्न अदालत पुगेकी किशोरीलाई नै साढे तीन वर्ष कैदको फैसला सुनाएको भन्दै जिल्ला अदालत अछामविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा अदालतको फैसलाविरुद्ध प्रदर्शन गरेका हुन्। ‘पितृसत्तावादी कानुन चाहिँदैन, पीडकलाई जोगाउन पाइँदैन’ भन्दै प्रदर्शनमा सहभागीहरुले ‘अछाम घटनाको अपराधि को?’ भनेर प्रश्नसमेत गरेका छन्। विवाहका लागि माग्न आएका युवकलाई झुटो मुद्दामा फसाउन […]

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने एक दर्जन समर्थक पक्राउ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ । अहिलेसम्म झण्डै एक दर्जन समर्थकहरूलाई प्रहरीले पक्राउ गरेको हो ।  नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमा निरन्तर धर्ना दिइरहेको छ । यता प्रधानन्यायाधीश जबराको समर्थनमा पनि समर्थकहरूले प्रदर्शन जारी राखेका छन् । समर्थनमा प्रदर्शन गर्नेहरूलाई भने प्रहरीले पक्राउ गरिरहेको छ ।

सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेहरु पक्राउ

सर्वोच्च अदालतको मूल गेट अगाडि प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा भइरहेको प्रदर्शनमा प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हाे ।

सर्वोच्चको फैसलाविरुद्ध रूपन्देहीमा युवा संघले गर्‍यो प्रदर्शन

सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले विरोध प्रदर्शन गरेको छ ।

सर्वोच्चको फैसलाविरुद्ध युवा र विद्यार्थी संगठनको प्रदर्शन

नेकपा एमालेनिकट जनवर्गीय संगठनहरूले विराटनगरमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै सडक प्रदर्शन गरेका छन्

सर्वोच्च अदालतको फैसलाको सम्मानमा पोखरामा जुलुस प्रदर्शन

पोखरा-सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै पोखरामा पनि विजयी जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला समिति कास्कीको आयोजनामा आज (बुधबार) पोखरामा विजयी जुलुस निकालिएको हो । पोखराको पृथ्बीचोकबाट सुरु भएको विजयी जुलुस सभागृहचोक, न्यूरोड, चिप्लेढुंगा हुँदै मानव अधिकारचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनः स्थापनाको फैसलालाई सम्मान, संघीय लोकतान्त्रिक गणतन्त्र […]