भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चौकमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय ज्योती सेकेण्डरी स्कूलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।स्कूलको प्राङ्गणमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले स्कूलका विद्यार्थी, उनीहरुका अभिभावक, शिक्षक र स्थानीयसहित १०१३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये २२३ जनाको रक्त परीक्षण, १७२ जनाको भिडियो एक्सरे र १२२ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारा