काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने जवाफ दिनुभएको छ । हिजाे बिहीवार बेलुका बालुवाटारमा मन्त्रीहरू र महान्यायाधिवक्तासँगको परामर्शमा प्रधानमन्त्री देउवाले न्यायपालिकाभित्र उठेका प्रश्नको समाधान न्यायपालिकाभित्रै खोजिनुपर्नेमा जोड दिनुभएको हो ।
गृह मन्त्री बालकृष्ण खाण, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडु, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा महान्यायाधीवक्ता खम्मबहादुर खातीलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले न्यायपालिकाको विषयमा सरकार वा दलले हस्तक्षेप गर्न नह...