काठमाडौं : बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१ का ४९ वर्षका दशरथ ठाकुर हजाम रहेका छन्। उच्च अदालत पाटनले चितवनको भरतपुर-४ स्थित गढीमाई सप्लायर्सका सञ्चालक उनलाई १२ लाख २६ हजार रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो। उनले गत असार ७ गते कपिलवस्तु वाणगंगा नगरपालिका-४ स्थित मारुती नन्दन एग्रो इण्डष्ट्रिज प्रालिबाट ४५ लाखको उधारो कारोबार गरेका थिए। कारोबारपश्चात् फरार उनलाई कम्पनीका सञ्चालक तिलक