सातदोबाटोस्थित देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं पक्राउ

ललितपुरको सातदोबाटोस्थित देउराली बचत तथा ऋण सहकारीका अध्यक्षलाई प्रहरीले पक्राउ गरको छ । अध्यक्ष रविद्र चौलाागाईं भैंसेपाटीबाट पक्राउ परेका हुन् ।३८ वर्षीय चौलागाईंविरुद्ध २ करोड ८० लाखको बैंकिङ कसुर मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । उनले दिएको चेक बाउन्स भएपछि जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति दिएको थियो । चौलागाईं भैँसेपाटीमा बस्दै आएका थिए । 

सम्बन्धित सामग्री

जनताको बचतले खडा सुमेरु सहकारीको साढे १५ अर्बको सम्पत्ति हत्याउन लुछाचुँडी

सुमेरुको १५ अर्ब ६० करोडभन्दा बढीको सम्पत्ति हत्याउन तत्कालीन अध्यक्ष भरत महर्जन र वर्तमान अध्यक्ष हेमराज दाहाल, देउराली सहकारी सञ्चालक रविन्द्र चौलागाईं र गतिशील सहकारी सञ्चालक डा. बलराम पाठक समूहबीच लुछाचुँडी चलिरहेको छ ।