बझाङ । बसको ठक्करबाट मृत्यु भएका बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने मागसहित जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए । बिहान बसपार्कबाट सबै सवारीका साधन सञ्चालन भए पनि दिउँसोबाट पुनः सडक अवरुद्ध गरिएको हो […]