एजेन्सी। साकिब अल हसनको अलराउन्ड प्रदर्शन प्रेरित बंगलादेशले जिम्बाब्वेविरुद्धको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट तीन विकेटले जितेको छ। हरारे स्पोर्टस क्लबमा टस जितेर ब्याटिङ गरेको जिम्बाब्वेले ९ विकेट गुमाएर २४० रन बनायो। २४१ रनको लक्ष्य बंगलादेशले पाँच बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्यो। साकिबले अविजित ९६ रन बनाएर बलिङतर्फ दुई विकेट लिए।