प्रदेश सभामा आज कर्णालीका मुख्यमन्त्री शाहीको बहुमत परीक्षण हुँदै

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका ठानिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शुक्रवार प्रदेश सभामा विश्वासको मत लिँदैछन् । शुक्रवार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिँदैछन् । कर्णाली प्रदेश सभामा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् । कर्णालीमा एमालेबाहेक अन्य दलसँग स्पष्ट बहुमत नपुग्ने भएपनि मुख्यमन्त्री शाहीले एमालेका केही सांसदको समर्थन पाउने आशा गरेका छन् । सत्तारुढ...

सम्बन्धित सामग्री

फ्लोर क्रस भएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल

काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विश्वासको मत लिन सफल भएका छन् । आज प्रदेश सभामा भएको मतदानमा उनको पक्षमा बहुमत पुगेपछि विश्वासको मत लिन सफल भएका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो । विपक्षमा १७ मत पर्न सक्यो । शाहीको पक्षमा माओवादी केन्द्र र नेपाली काँग्रेसले मतदान गरे […]