प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले आफूलाई पदबाट हटाएर देखाउन प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश खेलकुद बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफूहरु वैधानिक रुपमा नियुक्त भएको भन्दै पदबाट हटाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिलाई राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयलाई चुनौती दिने क्रममा बस्नेतले भने, ‘मलाई पदमुक्त गरेको खण्डमा कानुनी उपचारमा जान्छु ।&