एजेन्सी। कोभिड–१९ महामारीका कारण एक वर्ष ढिला भएको टोकियो ओलम्पिक खाली रंगशालामा मौन धारणसँगै शुक्रबार औपचारिक रूपमा सुरुवात भएको छ। कोभिड–१९का कारण ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गरिएको थियो। त्यसपछि निलो र सेतो रंगको आतिशबाजी गर्दै उद्घाटन समारोह सुरु गरिएको थियो। ६८ हजार दर्शक क्षमताको रंगशालामा जारी उद्घाटन समारोहमा एक हजारभन्दा कम अतिथिको सहभागि छन्।