स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधबार बैठक बसेको हो ।बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका थिए । बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।समितिको सदस्यहरूमा स्वास्थ