साउनभित्रै बहुवर्षीय ठेक्का शुरु गर्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आगामी आवको बजेट कार्यान्वयनका लागि समयमै कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आगामी आबमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्वयनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ । उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, “उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।”मन्त्रालयको वार्षिक समीक्षा बैठकमा आज उनले  सङ्घीय सडक सुपरिवेक्ष

सम्बन्धित सामग्री

चन्द्रागिरी हिल्सको १२औं वार्षिक साधारण सभा पुस २९ गते हुँदै

पुस ७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा चन्द्रागिरी हिल्सको कार्यालय थानकोट टप स्टेशन परिसरमा दिनको ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, सभाले यस कम्पनीको प्रबन्धपत्रको दफा ४(१)मा कम्पनीको उद्देश्यमा थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियमक निकायबाट सुझाव पा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनीदर्ता पुस्तिका बन्द गर्ने कम्पनीले जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।