साझा उद्देश्य प्राप्त गर्न निरन्तर लागिरहने दुई वा दुईभन्दा बढी व्यक्तिहरुको सचेत र समन्वयात्मक एकाइ नै सङ्गठन हो । सङ्गठन कुनै परिलक्षित उद्देश्य प्राप्तिका लागि कार्यविभाजन तथा कार्य निर्धारण गर्दै तिनीहरुलाई समन्वयात्मक ढङ्गले अघि बढ्छ ।उद्देश्य, प्रक्रिया, व्यक्ति र स्थान सङ्गठनका लागि नभई नहुने आधार हुन् । मानवीय शक्तिले सङ्गठन सबल, सक्षम र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । मानवीय स्रोतले उद्देश्य, प्रक्रिया, स्थानलाई गतिशील बनाउन सहयोग पुर्याउँछ । भौतिक र आर्थिक स्रोतसाधनको उचित परिच