छात्रवृत्तिका लागि महानगरले तोक्यो परीक्षा केन्द्र, प्रवेशपत्र अनलाइनबाटै लिन सकिने

काठमाडौं- काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ। महानगरले यही साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि १५ वटा परीक्षा केन्द्र तोकेको एक सूचना जारी गर्दै जानकारी दिएको छ। उक्त सूचना अनुसार परीक्षाका लागि भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि […]

सम्बन्धित सामग्री

विराटनगर महानगरले पनि आफैँले लियो छात्रवृत्तिकाे परीक्षा

काठमाडौं : विराटनगर महानगरपालिकाले पनि संस्थागत विद्यालयले छात्रवृत्ति नदिएपछि आफैँले प्रवेश परीक्षा लिएको छ। शनिबार महानगरपालिकाले परीक्षा लिएको हो।सरकारले तोकेको नियमानुसार सबै निजी विद्यालयले कक्षा-११ मा अनिवार्य रूपमा १० प्रतिशत छात्रवृत्ति कोटा छुटाउनुपर्छ। तर,छात्रवृत्ति नदिएपछि महानगर आफैँले परीक्षा लिएको महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए। सूचनानुसार चार परीक्षा केन्द्र तोकिएको थियो। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। काठमाडौं महानगर

परीक्षा केन्द्र बाहिर अनधिकृत प्रचार सामग्री वितरण गर्ने ६१ जना पक्राउ

काठमाडौँ । परीक्षा केन्द्र बाहिर बसेर अनधिकृत रुपमा प्रचार सामग्री वितरण गर्ने ६१ जनालाई महानगर प्रहरी बलले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको संस्था पहिचान अहिले प्रति संस्था ५ हजार रुपैयाँ जरिवाना तिराइँदै छ । पक्राउ पर्नेहरुलाई महानगरले बागदरवारस्थित प्रहरी बलको कार्यालयमा ल्याएर जरिवाना तिराइरहेको हो ।