काठमाडौँ – बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने भोलि छुट्ने भएका छन्। बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन्। आज सरकारी कार्यालयहरु बन्द भइसकेको हुँदा भोलि धरौटी बुझाउने प्रक्रिया पूरा गरेर उनी रिहा हुने अदालत स्रोतले जानकारी दियो। सन्दीपको पुनरावेदन […]