ठोरीका होमस्टेमा बढे पाहुना

२६ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाँउपालिका–५ सुवर्णपुरस्थित होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती होमस्टेमा आउने स्वदेशी तथा बिदेशी पाहुनोको संख्यामा वृद्धि भएको हो । कोभिड–१९ महामारी पछि विदेशी पाहुना आउन छोडेका थिए । तर कोरोना महामारी घट्दै गएपछि होमस्टेमा विदेशी पाहुना समेत आउन थालेको होमस्टेका सञ्चालकहरु बताउँछन् । सुनाखरी मध्यवर्ती […]

सम्बन्धित सामग्री

बतासेका पाहुनाघर पर्यटककाे राेजाइमा

परम्परागत शैलीमा सजाइएको घर भेटिन्छ । यो घरको नाम पाहुना घर राखिएको छ । पर्यटकलाई आकर्षित गर्न बनाइएको यो घर लालीखर्क–बतासे सामुदायिक होमस्टेमा छ ।

होमस्टे सञ्चालन गर्न सरकारको सहयोग रहन्छ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् । होमस्टे (घरबास) महासंघ […]

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । “सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भने, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट […]

सहरलाई गाउँसँग जोड्दै होमस्टे

-भेषराज बस्नेत/ बाँकेका गाउँवस्तीमा व्यावसायिकरुपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । […]

होमस्टेमा घटे पाहुना

कोभिडअघि पाहुनाले हम्मेसी खाली नहुने दोरम्बाका होमस्टेमा अहिले चहलपहल घटेको छ । गाउँ सुनसान छन् । पाहुनाहरू खासै पुग्दैनन् । कोभिड प्रभावित अन्य पेसा व्यवसाय सञ्चालन भइसक्दा होमस्टेका दैलो भने अझै बन्द छन् ।

दशैंसँगै खुलेको काउलेपानी होमस्टेमा पर्यटकको लर्को

लमजुङमा उत्कृष्ट गन्तव्यको रुपमा रहेको गाउँशहरको काउलेपानी होमस्टेमा पर्यटक आगमन सुरु भएको छ । कोरोना संक्रमणको जोखिमसँगै गत वैसाखदेखि बन्द रहेको काउलेपानी होमस्टे दसैं सुरु भएसँगै खुल्ला भएको हो ।होमस्टे खुल्ला भएसँगै दैनिक पर्यटकहरुको आगमन सुरु भएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको हो । अहिले दैनिकरुपमा पारिवारिक एवं समूहगत रुपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन […]

चित्रेका होमस्टेमा आउन थाले पर्यटक

कार्तिक ४, पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका होमस्टे दशैं तिहारको छुट्टिमा घुमघाममा आएका पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छोडेका होमस्टे खुल्ला भएर अहिले पाहुना राख्न शुरु गरेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य मध्येको एक चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकवहादुर गुरुङले जानकारी दिए ।  पर्यटकहरु घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमा छ चित्रे गाउँ । आँखै अगाडी हिमालका पंक्ति । सबैजासोका घर ढुंगाले छाएका । आँगन र डहर समेत ढुंगाका छपनीले बनाएको । त्यसैले यहाँ आउन पर्यटकहरु हुरुक्क हुने गर्छन् । कोभिड १९ संक्रमण पश्चात ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको हो । यहाँका ७ ओटा घरमा व्यावसायिक रुपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो र चर्चित होमस्टे हो । कोरोना संक्रमणको त्रासले बन्द भएका होमस्टेका ढोका खुल्न थालेपछि रमाईलो महसुस भएको होमस्टे सञ्चालक शुसिलादेबि गुरुङले बताइन् ।  स्वास्थ्यका मापदण्ड पालना गरि होमस्टे खुल्ला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ ।  कोभिड संक्रमणपछि सुनसान रहेको गाउँमा फेरि चहलपहल शुरु भएको स्थानीय मनमायाँ गुरुङले बताइन् । उनले गाउँमा पाहुना आउँदा आफूहरुको दैनिकी पनि बेफुर्सदिलो बनेको सुनाईन् । दशैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाँले जानकारी दिईन् ।  प्रवासी नेपालीहरुको अन्तरराष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिबेशन समेत चित्रेमा आयोजना गरेकोले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताईन् । अधिबेशनमा दुई दिनमा ३०० जना पाहुनाको स्वागत गर्ने तयारी रहेको छ ।     यहाँका बासिन्दाहरु होमस्टे लाई आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रुपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करीब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ ।  अहिले धेरै घरहरुमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसोधन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरुको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीय आँगनमा फुलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरु बताउँछन् ।  जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरुलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङको भनाइ छ । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरुको संख्या धेरै छ । होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ । खानाको रुपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी आदीले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।

नाम्जेको होमस्टेमा बढ्यो पर्यटकको चहलपहल

धरान । लामो समयदेखि थलिएको धनकुटाको सागुरीगढी गाउँपालिकामा सञ्चालित होमस्टेमा पर्यटकीय चहलपहल शुरू भएको छ । असोज १ गतेदेखि सर्वपक्षीय छलफलको निर्णयअनुसार होमस्टे सञ्चालनमा आएपछि चहलपहल बढेको हो । सागुरीगढी गाउँपालिका–६ मा रहेको नाम्चे थुम्कीमा सञ्चालन भएका होमस्टे कोरोनाको संक्रमणका कारण बन्द थिए । संक्रमणकै कारण केही समय उनीहरू कृषि पेशामा लागेका थिए । तर कोरोना संक्रमण घट्दै गएपछि नाम्चेका होमस्टेमा आन्तरिक पर्यटक आउन थालेका छन् । नाम्जेमा मगर समुदायले आफ्नो सांस्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालन गरेका छन् । कोभिड शुरू हुनुअघि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक एक रात होमस्टेमा नबसी फर्किंदैन थिए । तर, कोरोना महामारीका कारण पर्यटक आगमन ठप्प भएपछि होमस्टे पनि बन्द भए । कोरोनाको जोखिम कम हुँदै गएपछि चाडपर्वलाई लक्षित गरी असोज १ गतेदेखि होमस्टे पुनः सञ्चालन गरिएको हो । कोेराना संक्रमण अवधिभर होमस्टे सञ्चालन नहुँदा १ करोड रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेका सञ्चालकहरू बताउँछन् । अहिले पुनः खुला भएर पर्यटक आएर खाने, बस्ने रमाउने गरेपछि भने उनीहरू उत्साहित बनेका छन् । नाम्जे थुम्की होमस्टे व्यवस्थापनका अध्यक्ष अनिलकुमार रानामगरले कोरोनाकै कारण होमस्टे बन्द हुँदा लाखौंको आम्दानी गुमेको बताए । ‘कोरोना कहरले होमस्टे सञ्चालक ठूलो मारमा परे,’ उनले भने, ‘असोज १ गतेदेखि सञ्चालनमा आएपछि केही राहत भने मिलेको छ ।’ अहिले केही फाट्टफुट्ट पाहुना आउने गरेको उनले बताए । उनका अनुसार विगतमा यहाँका होमस्टेमा दैनिक ५ लाखदेखि ६ लाख रुपैयाँसम्म कारोबार हुने गर्दथ्यो । विराटनगरबाट ६–७ जनाको टोलीसहित नाम्जे होमस्टेमा बस्न आएका रवीन राजवंशीले लामो समयसम्म यहाँ आउने वातारण नमिलेको बताए । उनले भने, ‘हामी समय समयमा आउन गथ्र्यौं, तर कोरोनाका कारण २ वर्षपछि हामी आएका हौं, निकै आनन्द महसूस गरेका छौं ।’

सञ्चालकहरू उत्साहका साथ पाहुना कुरिरहेका छन्

कोभिड–१९ मा होमस्टे देशकै सबैभन्दा पहिला होमस्टे स्थापना भएर सञ्चालनमा आएको स्याङ्जाको सिरुबारी होमस्टेमा पहिलो लहरको कोरोनाकालमा १० महिना र दोस्रो कोरोनाकालको सुरुवातदेखिको यो अवधिमा पर्यटक गएका छैनन् । तर, जान चाहनेहरूको...

होमस्टेमा पाहुना आएनन्

दोर्दी गाउँपालिका–९ हिलेटक्सारमा व्यावसायिक होमस्टे सञ्चालन भए पनि पाहुना नपुगेपछि स्थानीय होमस्टे व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । व्यवस्थित होमस्टे सञ्चालनका लागि आवश्यक संरचना निर्माण गरे पनि गाउँमा पाहुना नपुगेपछि थप प्रचार गरिदिन आग्रह गरेका हुन् । हिलेटक्सारमा गत वैशाखमा व्यावसायिक होमस्टेको सुरुवात भएको थियो । प्राकृतिक सुन्दरतासँगै आवश्यक संरचना तयार गरी स्थानीयले होमस्टे सुरुवात गरेका थिए ।