‘अन्तर्राष्ट्रिय पर्यटक स्वागत गर्न तयार रहनुस्’

विभिन्न देशका नेपाली राजदूतहरुले विश्वमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अब नेपालले समेत अन्तर्राष्ट्रिय पर्यटक स्वागतका लागि तयार बस्नुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड विरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरुले धारणा राखेका छन् । नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापी रु

सम्बन्धित सामग्री

पर्यटनको कन्तबिजोग : बालीमा वर्षभरिमा जम्मा ४५ अन्तर्राष्ट्रिय पर्यटक

कोरोना भाइरसको महामारीबीच विश्वभरीकै पर्यटकीय गन्तव्यमा पर्यटकको संख्यामा गिरावट आएको छ । तर, इन्डोनेसियाको बालीकै जस्तो नियति भने कुनै क्षेत्रले पनि भोग्नु परेको छैन भन्दा अत्युक्ति नहोला । इन्डोनेसियाको बाली विश्वभरीका पर्यटकले खुबै मन पराउँदै आएको अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य हो ।सीमानाकामा भएको कडाइ र विमानस्थल बन्द हुदा लाखौ अन्तर्राष्ट्रिय पर्यटकहरुलाई स्वागत गर्दै आएको यो टापुमा यो वर्ष हालसम्मको अवधिमा केवल ४५ अन्तर्राष्ट्रिय पर्यटकले मात्र भ्रमण गरेका छन् । २०१९ मा ६२ लाखको हाराहारी