आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा प्रतिनिधिसभातर्फ १०१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा होमिएकामध्ये झण्डै एक दर्जन उम्मेदवार पूर्वमन्त्री नै रहेका छन् । यस्तै नयाँ अनुहारपनि उल्लेख्य रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार क्षेत्र नम्बर १ मा २५ उम्मेदवार रहेका छन् । जसमा सत्ता गठबन्धनबाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता मात्रिका प्रसाद यादव उम्मेदवार रहेका छन् । उनको प्रमुख प्रतिद्वन्द्व