काठमाडौं : बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा अंकित भएका छन्।वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसंघीय विश्व मौसम विज्ञान संगठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो।बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, ‘स्टेट अफ द ग्लोबल क्लाइमेट स्टडी’को अध्ययनमा आधारित प्रतिवेदनअनुसार सन् २०२२ भने यसमा समेटिएको छैन।वैश्विक तथ्यले यो वर्ष बितेका अन