काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले सन् २०२२ आफ्ना लागि अवलोकन र अन्वेषणको वर्ष भएको बताएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले गरेका काम तथा फोटोसुटका फोटो राख्दै यो वर्ष पनि त्योभन्दा फरक नहुने जनाएकी हुन्। सन् २०२२ को शुरुमा उनको लकडाउनअघि नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आएको थियो भने उनी अभिनीत अर्को फिल्म ‘चिसो मान्छे’ पनि यही वर्ष प्रदर्शनमा आएको थियो। दुवै फिल्मले व्यावसायिक रुपमा मुनाफा कमाउन नसके पनि स्वस्तिमाको काम