काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सहरकारी ठगीको आरोप लगाउँदै नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिन समिति गठन गरेर संसद अवरोध अन्त्य गर्न दलहरु सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष एमाले, माओवादी र रास्वपा तथा प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुबीचको वार्ता सकारात्मक बनिरहेको र कांग्रेसभित्र एकमत बने आजै राति सहमति हुने एक नेताले बताए […]