काठमाडाैँ- सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय छानबिन समिति बनाउनुभन्दा पहिला नेकपा एमालेसँग छलफल गर्ने भएकाे छ। आज बिहान बसेको पूर्व स्थायी कमिटी सदस्यको बैठकले यस्तो निर्णय गरेको हरिबोल गजुरेलले जानकारी दिए। बैठक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेकाे थियाे। बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे चाैतर्फी आलाेचना भइरहेकाे र याे विषयले चाँडै पार पाउनुपर्ने बताएका थिए। […]