नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले आफ्नो कामको गति सुस्त नहुने बताएका छन् । सोमबार राष्ट्रपतिबाट सपथ लिए लगत्तै सिंहदरबार पुगेर पदबहाली गरेका मन्त्री चौधरीले होण्डा र स्पोर्टस् मोटरसाइकलको गति एउटै नहुने भन्दै आफ्नो कामको गति पनि सबैभन्दा स्पीडमा हुने दाबी गरेका हुन् । ‘म सबैभन्दा बढीको स्पीड थ्री हण्ड्रेड, फोर हण्ड्रेडको स्पीडमा हिँड्छु’, मन्त्री चौधरीको भनाइ छ । उनले यसअघिका मन्त्रीले सुरु गरेका कामहरूलाई निरन्तरता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘ह