भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ६३ लाख रुपैयाँमा सुनसरीस्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र कुल ३ करोड ५ लाख रुपैयाँमा भगवती माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ । बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरे ।