कोरोनाका कारण ‘एन्फा डे’का सबै कार्यक्रम स्थगित

२२ वैशाख काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हरेक वर्ष वैशाख २२ गते मनाउँदै आएको 'एन्फा डे'का सबै कार्यक्रम यसपटक स्थगित भएको छ । एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ले उत्पन्‍न प्रतिकूल अवस्थाका कारण सबै …

सम्बन्धित सामग्री

कोरोनाका कारण स्थगित रत्ननगर महोत्सव फागुन १५ गतेदेखि शुरु

फागुन ६, चितवन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो । महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागुन १६ देखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए । फुड फेस्टिवल सौराहा चोकमा हुने छ ।  महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो । महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो । बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ३५० कक्ष रहने छन् । महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ ।  उद्योग वाणिज्य संघ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ । मूल आयोजक समितिका संयोजक एवम् संघका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिए ।  महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तरक्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उनले बताए । महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ । उनले भने, ‘माछापालन व्यवसायको प्रवर्द्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ ।’ ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औं संस्करण हो । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ । रासस

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ स्थगित

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाका जनतालाई स्वस्थ राख्ने उद्देश्यका साथ टोखा चण्डेश्वरी प्रादेशिक केन्द्र (प्रस्तावित प्रदेश अस्पताल) मा सुरु गरिएको ‘मेयर दीर्घायु कार्यक्रम’ बढ्दो कोरोनाका कारण स्थगित गरिएको हो।...

कोरोनाका कारण राजनीतिक गतिविधि प्रभावित

मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने नियमित बस्ने मन्त्रिपरिषद बैठकसमेत कोरोनाकै कारण बस्न सकेन ।राजनीतिक दलका शीर्ष नेतादेखि मन्त्री र प्रशासकहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेपछि दलहरुले आफ्ना गतिविधिलाई स्थगित गर्दै पछि धकेलेका हुन् ।मन्त्रिपरिषद बैठक प्रभावितपुस चौथो साताको सुरुवातदेखि काठमाडौं लगायत देशका विभिन्न जिल्ला

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो ।परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावास

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग

मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ । आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशास

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ

कोरोनाका कारण यस वर्ष पनि नहुने भयो जितगढी विजय उत्सव

कोरोना संक्रमण बढ्न थालेपछि बुटवल उपमहागरपालिकाले यस वर्ष पनि जितगढीमा विजय उत्सव कार्यक्रम नगर्ने भएको छ । कोरोनाका कारण गत वर्ष पनि विजय उत्सव स्थगित भएको थियो

वैशाख ६ र ७ लाई तय भएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम स्थगित

काठमाडौं : ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकाल सम्मका लागि स्थगित भएको छ। आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको निर्धारित कार्यक्रम कोरोनाका कारण स्थगित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ। ‘विश्वव्य...