अमेरिकी डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । वि.सं.२०७७ साल वैशाख १० गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको डलर फेरि उकालो लागेको हो । उक्त मितिमा डलरको मूल्य १२३.२४ रुपैयाँसम्म पुगेको थियो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको भाउ तोक्दै एक डलरको १२१.६९ रुपैयाँ तोकेको छ ।यसअघि, २०७७ साल असार ९ गते पनि डलरको मूल्य यही थियो । त्यसको डेढ वर्षपछि फेरि डलरको भाउ पुरानै अवस्थामा पुगेको हो । यद्यपी, आज कायम भएको मूल्य अहिलेसम्मकै उच्च भने होइन । बिक्री दर १२१.६९ रुपैयाँ कायम भएको डलरको खरिद दर १२१.०९ रुप