नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएबीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ । आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। एनआरएनएले पहिलो खेल जितेको थियो ।  समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

सम्बन्धित सामग्री

गण्डकी र मधेश प्रदेशबीचको खेल रद्द

मूलपानी क्रिकेट मैदानमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । आज बिहीबार तय भएको प्रतियोगिता अन्तर्गत मूलपानीको पहिलो खेल वर्षाका कारण मैदान भिजेकाले रद्द भएको हो ।खेल टस समेत नभई रद्द भएको हो । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । उद्घाटन खेल भने ६ ओभरको हुनेछ । प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती