जुम्लाका सबै स्थानीय तहमा नमुना मतदान भएको छ । एक चन्दननाथ नगरपालिका र ७ गाउँपालिकामा नमुना मतदान भएको हो । स्थानीय सर्वसाधारणलाई सहभागी गराएर जिल्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरिएको हो । भोट बदर हुने सङ्ख्या कम गर्न नमुना मतदान आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईले बताए ।उनका अनुसार नमुना मतदानमा देखिएका कमीकमजोरी सच्याउन साथै मतदानको प्रक्रिया, मतपत्रमा स्वस्तिक छाप र मतपेटिकामा मत खसाल्नेसम्मको अभ्यास गराइएको छ। जिल्ला निर्वाचन कार्यालयले मतदात