रुसले मुख्य पाइपलाइनबाट युरोपमा हुँदै आएको ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको ऊर्जा कम्पनी गाजप्रोमले मर्मत/सम्भारका लागि भन्दै नर्ड स्ट्रिम १ पाइपलाइन मार्फत हुने आपूर्ति तीन दिनका लागि रोकेको रोयटर्सले जनाएको छ । नर्ड स्ट्रिम पाइप लाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागरमुनि १२ सय किलोमिटर फैलिएको छ । सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक एक सय ७० मिलियन क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसले पाइपलाइनमा प्राविधिक समस्या आएको भन्दै अहिले २० ...