भारतले सोमवार उडिसाको बालासोर तटमा लामो दूरीको सुपरसोनिक क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ ।
टोर्पिडोबाट गरिएको यो प्रक्षेपणले भारतको एन्टी सबमरिन वारफेयर क्षमता बढाएको बताइएको छ । यस स्मार्ट सिस्टममा टोर्पिडोका साथ क्षेप्यास्त्र पनि हुन्छ ।
स्मार्ट एक प्रकारको एन्टी शिप मिसाइल हो जसमा कम तौल भएको टोर्पिडो लगाइन्छ । यसको उपयोग पेलोड जस्तो गरी गरिन्छ । यस टोर्पिडोको सहायताले पनडुब्बीलाई ध्वस्त पार्न सकिन्छ ।
यसको रेन्जका विषयमा सही अनुमान गरिएको छैन । तर यसले भारतीय जलसेनालाई समुद्रमा शक्तिशाली बनाए...