भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।
यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।
भारतीय नौसेना स्रोतका अनुसार मिसाइलले आफ्नो अधिकतम दायरामा रहेर पूर्ण सटीकताका साथ लक्षित जहाजमा प्रहार गरेको थियो ।
चीन र पाकिस्तानसँग सीमामा लगातार तनाव भइरहेका बेला भारतले यो परीक्षण गरेको हो ।
स्मरण रहोस्, हालै फिलिपिन्सले ब्रह्मोस किन्नको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । यसबारे छिट्टै अन्तिम निर्णय हुनेछ । त्यसपछि...