तस्बिरमा सिंहदरबार महिला मार्च

महिला हिंसा लगायतका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गरेको छ। बसन्तपुरबाट सुरु भएको मार्च भद्रकाली अगाडि पुगेको थियो। कालो कपडा लगाएर आँखामा कालो पट्टी लगाएका महिलाहरुले सांकेतिक प्रदर्शन गरेका थिए। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

सम्बन्धित सामग्री

महिला हिंसा र दण्डहीनता अन्त्यका लागि सिंहदरबार महिला मार्च [तस्बिरहरु]

न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तस्विरमा महिला मार्च, ‘नेपाल पुरुष प्रधान राष्ट्र हो’

काठमाडौं : बलात्कारका घटना बढ्दै गएपछि त्यसको विरोधमा युवाले काठमाडौंमा ‘महिला मार्च’ निकालेका छन्। शुक्रवार वसन्तपुरबाट शुरु भएको महिला मार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो। सो क्रममा उनीहरुले बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने…

जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर)

काठमाडौं । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘महिला मार्च’ निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबार अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । प्रतिगमन र महिला हिंसा बिरुद्ध निकालिएको ‘महिला मार्च’ को दृष्य विगतका अन्य कार्यक्रमको भन्दा फरक थियो । सडक नाटकको झल्को […] The post जव कलाकारहरुले ‘शब’ बोकेर शहर परिक्रमा गरे (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

हत्या र बलात्कारविरुद्ध महिला मार्च : ‘बलात्कारी खुलेआम, बलात्कृत गुमनाम !’

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ । बसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको वलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो । मार्चमा ‘बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ’ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो । महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो । बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् । त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए । महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

जब महिला मार्चको अघिअघि निस्कियो 'प्रतिगमन' को शव यात्रा

काठमाडौं : बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ। वसन्तपुरबाट सुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो। महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको बलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द…

काठमाडौंको सडकमा प्रतिकात्मक शव र मलामीसहितको मार्चपास (तस्बिरहरू)

महिलामाथिका हिंसा र विभेदविरूद्धका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट सुरू भएको मार्चमा सुरु भएको छ।

‘सिंहदरबारमा बलात्कारविरुद्ध आज महिला मार्च पास हुदै

काठमाडौं । बृहत् नागरिक आन्दोलनले शुक्रबार बलात्कारविरुद्ध सिंहदरबारमा महिला मार्च पास गर्दै छ । आज दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ । बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा […]

महिला हिंसाविरुद्ध शुक्रबार सिंहदरबारअघि ‘महिला मार्च’ गरिँदै

महिलाविरुद्धको बढ्दो हिंसा अन्त्य गर्न माग राख्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिने भएको छ । वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म हुने महिला मार्चमा सहभागी बन्न आन्दोलनले विज्ञप्तिमार्फत सार्वजनिक आह्वान गरेको छ ।