काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद शेरबहादुर तामाङले विनियोजन विधेयकमाथि पुनः विचार गरिनुपर्ने आवश्यकता औँल्याउँदै बजेटको सैद्धान्तिक पाटो […]