निक्षेप संकलनका हिसाबले भदौ महिना बैंकहरुका लागि सुखद् देखिएको छ । तुलनात्मक रुपमा वाणिज्य बैंकहरुले साउनमा भन्दा भदौमा ५३ अर्ब रुपैयाँले बढी निक्षेप संकलन गर्न सफल भएका हुन् । नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार भदौ महिनामा २६ वटा वाणिज्य बैंकहरुले कुल ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो महिना अर्थात् साउन महिनामा बैंकहरुले निक्षेप गुमाउँदै कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेका थिए । उसो त यता निक्षेप बढेसँगै बैंकहरुले समीक्षा अवधिमा कर्जा लगानी समेत बढाएका छन्