काठमाडौँ– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ लाई पारित गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले विधेयकमाथि दफावार छलफल गर्दै पारित गरेको हो । बैठकमा सांसदहरुले विश्वविद्यालयको प्रकृति, संगठनात्मक संरचना, लगानी लगायतका विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विधेयकमाथि आएका सुझावहरूलाई सम्बोधन गर्ने […]