अर्थमन्त्रीले भने 'नेपालीसँग पैसा त छ तर प्रतिफल दिने परियोजना नहुँदा लगानी जुटिरहेको छैन'

लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको उपस्थितिमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत शुशिल भट्ट र उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आइतबार बिहान हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा उपस्थित लगानी बोर्डको उपाध्यक्षसमेत रहेका अर्थमन्त्री शर्माले ठूला परियोजनामा लगानी जुटाउनु आवश्यक रहेको बताउँदै प्रतिफल योग्य परियोजना छनौट गर्न सुझाव दिए । उनले लगानी प्रतिबद्धता हुने तर नआउने प्रवृत्तिलाई सुधार गर्न बोर्डको संचरना, ऐन, कानून, काम गर्ने व्यवहारलगायतमा शंशोधन गर्नुपर्ने बताए । ठूला परियोजनाका लागि पुँजी जुटाउन स्वदेशमै पर्याप्त पैसा भएको भन्दै उहाँले जनताको विश्वास जित्ने परियोजना छनौट गर्नुपर्ने बताए ।‘अहिले कुनै कम्पनीले प्राथमिक सेयर निस्काशन (आइपिओ) ग¥यो भने माग भन्दा धेरै ठूलो रकमको आवेदन भइरहेको देखिन्छ । यो भनेको नेपालीसँग पैसा त छ तर प्रतिफल दिने उपयुक्त परियोजना नहुँदा लगानी जुटिरहेको छैन भन्ने हो’ उनले भने, ‘त्यसैले स्वदेशबाटै पँुजी जुटाउन पनि जनताले प्रतिफल दिन सक्छ भन्ने विश्वासयोग्य परियोजना छनौटतर्फ ध्यान दिनुहोला ।’उनले जलविद्युत परियोजनामा स्वदेशी तथा बिदेशी लगानी आउनुको कारण प्रतिफलको ग्यारेन्टी नै प्रमुख कारण भएको बताउँदै अन्य परियोजनामा पनि प्रतिफलको सुनिश्चितता दिन सके लगानीका लागि खासै समस्या भोग्नुनपर्ने बताए । ‘आफैं ऋण तिर्न सक्षम परियोजना छनौट ग¥यौं भने त्यो ऋण परियोजनाले नै तिर्छ, जनतालाई अनावश्यक भार पर्दैन । त्यसैले यस्ता परियोजना छनौटमा विशेष ध्यान दिनुपर्छ’ उनले भने ।उनले सरकार–निजी क्षेत्र साझेदारीलाई थप सुदृढ बनाउन आवश्यक सुझाव दिन पनि निजी क्षेत्रलाई आग्रह गरे ।उनले लगानीको बाताबरण बढाई ‘डुईङ बिजनेस’ मा थप सुधार गर्नुपर्ने धारणा राखे। लगानीकर्तालाई छिटो र छरितो ढङले सहजीकरण गर्न बोर्डलाई उनले निर्देशन दिए। बिदेशी लगानी ल्याउँदा प्रविधि पनि सँगै भित्र्याउने सर्त राख्न उनले निर्देशन दिए। ‘हामीले लगानी भित्र्याउँदा अब विकसित देशको प्रविधि पनि ल्याउनतर्फ ध्यान दिनुपर्छ । प्रविधि ल्याइयो भने हाम्रो निजी क्षेत्र बलियो हुन्छ’ उनले भने ।

सम्बन्धित सामग्री

नागरिक लगानी कोषद्वारा थप १.५ प्रतिशत प्रतिफल वितरण

नागरिक लगानी कोषले सहभागीलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ । कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिस अनुसार उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७८/०७९ को अन्तसम्ममा कोषमा मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा सो प्रतिफल दिने निर्णय भएको हो । यसअघि पनि कोषले १.५ प्रतिशत […]

सार्वजनिक संस्थान: लगानी बढ्दै, प्रतिफल घट्दै

आर्थिक उदारीकरण अवलम्बन गरेको झन्डै तीन दशक बितिसक्दा पनि सरकारले सार्वजनिक संस्थानमा लगानी बढाइरहेको छ । पछिल्ला वर्षहरुमा संस्थानहरुले दिने प्रतिफल र रोजगारी न्यून हुँदा पनि सरकारले ती संस्थालाई जीवित राख्न ऋण लगानी थपिरहेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनले सार्वजनिक संस्थानमा सरकारको लगानी बढ्दै गएको भन्दै व्यवस्थापनमा दक्षता ल्याउन सुझाव दिएको छ । […]

नागरिक लगानी कोषले १.५ प्रतिशत थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ।...

नागरिक लगानी कोषले बचत रकममा थप प्रतिफल दिने

नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका बचतकर्तालाई थप प्रतिफल दिने भएको छ । कोषले करिब दुई लाख ९८ हजार सहभागीलाई आर्थिक वर्ष ०७७÷७८ सम्मको मुनाफाबाट १...

लगानी कोषमा सहभागीहरूलाई बचत रकममा थप प्रतिफल दिइने

काठमाडौं : नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीहरूलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गर्ने भएको छकोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७-७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिइने कोष संचालक समितिको असार ११ को बैठकले निर्णय गरेको हो।कोषका अनुसार  ०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर

रेमिट्यान्स दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। आईएमईले आयोजना गरेको ‘आईएमई डबलको डबलको डबल’ अफरका भाग्यशाली विजेता घोषणा गर्न बिहीबार आयोजित कार्यक्रममा उनले अहिले रेमिट्यान्सको अधिकांश मात्रा दैनिक उपभोग्य क्षेत्रमा गइरहेकाले रेमिट्यान्सलाई दीर्घकालीन प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने […]

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल दिइने

नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने भएको छ ।अवकाश कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो । यस प्रयोजनका लागि करिव १ अर्ब […]

लगानी कोषले एक अर्ब तीन करोड प्रतिफल दिने

काठमाडौं। नागरिक लगानी कोषले कर्मचारीको बचत वृद्धि गर्न एक अर्ब तीन करोड रुपैयाँ वितरण गर्ने भएको छ। कोषमा आबद्ध सबैलाई एक प्रतिशत प्रतिफल थप्दै उक्त रकम वितरण गर्ने भएको हो। उक्त प्रतिफल लगानी कोषमा खाता भएकाहरुको खातामा स्वतः जम्मा हुनेछ। कोषले अवकास कोष सञ्चालन कार्यविधि, २०५९ को दफा १०(३) को व्यवस्थाअनुसार प्रतिफल दिने भएको हो।