लन्डन । कोरोनाविरुद्धको खोप लगाउनेमा विदेशमा बस्ने नेपालीहरू अग्रस्थानमा रहेको गैरआवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. सञ्जिव सापकोटाले बताएका छन् । नेपलिज डक्टर्स एसोसिएसन यूके र नेपाल नर्सिङ एसोसिएसन यूकेको सहकार्यमा पत्रकार महासंघ बेलायत शाखाद्वारा आयोजित स्वास्थ्य संवाद कार्यक्रममा सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाका अनुसार विदेशमा रहेका करिब ९० प्रतिशत भन्दा बढी नेपाली तथा नेपाली मूलका मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी बेलायतमा बस्ने नेपालीहरू पनि क