अमेरिकाका प्रख्यात वामपन्थी विचारक नोम चोम्स्कीले देशका उदारवादी बुद्धिजीवीहरू ट्रम्पका समर्थक जस्तै कल्पनाको दुनियाँमा रहेको र अन्तर्राष्ट्रिय आतंकवादलाई प्रोत्साहन गरिरहेको बताएका छन् ।
आरटीका क्रिस हेजेजलाई अन्तर्वार्ता दिँदै उनले बताए, ‘निर्वाचनमा हार भएको भनी रिपब्लिकन पार्टीका समर्थकलाई स्वीकार गर्न गाह्रो परेजस्तै उदारवादी अमेरिकी बुद्धिजीवीहरू अमेरिका विश्वकै अग्रणी आतंकवादी मुलुक हो भनी स्वीकार गर्न सक्दैनन् ।’
सार्वभौमसत्ता सम्पन्न मुलुक बनेको सम्पूर्ण इतिहासमा अमेरिकाले कसै न कसैका विरुद्ध आक्र...