जी–७ राष्ट्रलाई जेलेन्सीको आग्रह : जाडो महिनाअघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्नुहोस्

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले जाडो महिना सुरु हुनु अघि नै रुससँगको युद्ध अन्त्य गर्न सहयोग गर्न जी–७ राष्ट्रहरूलाई अग्रता गरेका छन् । जेलेन्स्कीले सो मौसममा आफ्ना सैनिकलाई रुसविरुद्ध लड्न कठिन हुने बताउँदै यो वर्षको अन्त्यसम्ममा युद्ध अन्त्य गर्न आग्रह गरेको एएफपीले समाचारमा उल्लेख गरेको छ ।जेलेन्सीकीले भर्चुअल रूपमा जर्मनीमा आयोजित जी–७ सम्मेलनलाई सम्बोधन गरेका थिए । उनले जी–७ राष्ट्रसँग हवाई सुरक्षा प्रणाली निर्माण, पुनर्निर्माण, खाद्यवस्तुको निर्यातलगायतका लागि

सम्बन्धित सामग्री

राहतमा हेलचेक्र्याइँ

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको २ हप्ता बितिसक्दा पनि सरकार पीडितहरूलाई राहत वितरण प्रभावकारी ढंगमा गर्न सकेको छैन भने अस्थायी बसोवासको व्यवस्था गर्न नसक्दा जाडोका कारण धमाधम पीडितहरूको मृत्यु हुन थालेको छ । बसोवासको प्रबन्ध हुन नसक्दा पीडितहरू खुला आकाशमुनि बस्न बाध्य छन् । जाडोले उनीहरूमा विभिन्न खाले स्वास्थ्य समस्या देखिन थालेको छ । भूकम्पबाट सानो क्षेत्रमा क्षति पुग्दा पनि सरकारले राहत वितरण गर्न नसकेको मात्र होइन, उनीहरूलाई चिसोबाट बचाउने गरी काम गर्न पनि चुकेको छ । यसले सरकारी कार्य क्षमता कति कमजोर छ भन्ने देखाउँछ । भूकम्पपीडितका लागि सहयोग आउने क्रम रोकिएको छैन । भारत र चीनले ठूलो परिमाणमा राहतका लागि आवश्यक सामग्री सहयोग गरेका थिए । विभिन्न संघ, संस्था र व्यक्तिहरूले सहयोग गरिरहेकै छन् । सरकारले एकद्वारमार्फत राहत उपलब्ध गराउने भनी घोषणा गरेको छ जुन उपयुक्त पनि छ तर त्यसअनुसार काम भने भएको देखिन्न । पीडितलाई राहत दिनभन्दा प्रचारका लागि सरकारी उच्च ओहदाका व्यक्तिहरू निरीक्षणमा पुगे जसको आलोचना भइरहेको छ । राष्ट्रपतिदेखि विभिन्न दलका नेतासम्मले प्रभावित क्षेत्रको भ्रमण गर्न भ्याएका छन् तर घर भत्किएर बिचल्ली परेकाहरूलाई तत्काल वास उपलब्ध गराउने कुरामा भने ध्यान गएन । त्यही भएर चिसो बढेसँगै बिरामीको संख्या बढेको छ र यसबाट मृत्यु हुनेको संख्यासमेत बढ्दै जाने देखिन्छ ।  सरकारलाई प्राप्त सहयोग तत्काल परिचालन गर्नुपर्नेमा सही ढंगले परिचालन हुन सकेन । सहज ठाउँमा सामान फालाफाल हुने र दुर्गम ठाउँमा कोही पनि र केही पनि नपुगेको देखिएको छ । राहत सामानको कमी भए सहयोगका लागि आग्रह गर्न सकिन्छ, सरकारी कोषमा प्राप्त सहयोग रकम परिचालन गर्न सकिन्छ तर यी काम हुन सकेको देखिँदैन । भूकम्पबाट पीडितहरूले राज्यबाट संकटका बेलामा सहयोग पाउँदैनन् भने त्यो राज्यको चरम लापर्बाही र गल्ती मानिन्छ । सरकारले जति सकिन्छ छिटो राहत उपलब्ध गराउनुपर्छ । अहिले पहाडी भूभागमा जाडो बढ्न थालेकाले उनीहरूलाई छानोको आवश्यकता टड्कारो देखिएको छ । पुन:स्थापनाका लागि बिस्तारै योजना बनाउँदै गरे पनि हुन्छ तर तत्काल अस्थायी बसोवासका लागि काम थालिहाल्नुपर्छ । दैवी प्रकोप वा अन्य अप्ठ्यारो परिस्थतिमा सरकारले पीडितलाई सहयोग नगर्ने वा गरे पनि आधारभूत पक्षमा नै चुक्ने हो भने सरकारमाथि प्रश्न उठ्नुपर्छ ।

माइस पर्यटनमा बेवास्ता

नेपालको भौगोलिक बनावट, उपयुक्त हावापानी, सस्तो बसोवास आदि कारणले माइस पर्यटनका सम्भावना प्रशस्त भए पनि यसमा न पर्याप्त पहल भएको छ न त उपलब्धि नै प्राप्त भएको छ । मिटिङ, भेला, सभासम्मेलन, प्रोत्साहन र प्रदर्शनीजस्ता कार्यक्रमबाट पर्यटक ल्याउने प्रडक्ट माइस पर्यटन हो । नेपालले भ्रमण वर्ष २०११ मै यसलाई महत्त्व दिए पनि यसतर्फ खासै काम हुन सकेको छैन । नेपालका सबैजसो होटेलहरूले माइस पर्यटनका लागि सहयोग पुग्ने गरी सभाकक्षहरूको व्यवस्था गरेको पाइन्छ । तर, ठूलो परिमाणमा यस्तो सभासमारोह आयोजना गर्न भने नेपालमा आधुनिक हल छैनन् भन्दा हुन्छ । चीनले बनाइदिएको एकमात्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सरकारले ओगटेर त्यसलाई संसद् भवन बनाएको छ । सम्मेलन भवन नहुँदा ठूला कार्यक्रम गर्न सक्ने अवस्था छैन । त्यसैले माइस पर्यटन भनेर मात्रै हुँदैन, त्यसअनुसार पूर्वाधार पनि तयार हुनुपर्छ ।  नेपाल न निकै जाडो हुने न निकै गर्मी हुने देश । त्यस्तै यहाँको टाइम जोन पनि विश्वका सबै देशका लागि अनुकूल नै देखिन्छ । त्यसैले यहाँ सभासमारोह गर्नु कुनै पनि अन्तरराष्ट्रिय संस्थाका लागि उपयुक्त देखिन्छ । तर, सरकारले माइस पर्यटनको महत्त्व बुझ्न सकेको छैन । त्यही भएर यसका लागि पहल पनि गरेको छैन । नेपालको कूटनीतिक क्षेत्रले सभासम्मेलनका लागि नेपाल उपयुक्त स्थल भएको सन्देश प्रवाहित गर्न सकेको भए माइस पर्यटन फस्टाउन सक्थ्यो । निजीक्षेत्रले पनि यो प्रडक्टका बारेमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । नेपाल पर्यटन बोर्डले पनि माइस पर्यटन प्रवर्द्धनका लागि कुनै कार्यक्रम गरेको छैन । यसरी हेर्दा नेपालमा माइस पर्यटनको महत्त्व नबुझेको हो कि भन्ने देखिन्छ । भारतीय कम्पनीहरूलाई नेपालमा यस्तो सम्मेलन गर्न आग्रह गर्ने हो भने त्यसले सकारात्मक प्रभाव पार्न सक्छ । नेपालमा भारतीय कम्पनीका एजेन्टहरू छन् । तिनले माउ कम्पनीलाई नेपालमा सम्मेलन वा मिटिङ राख्न प्रोत्साहन गर्न सक्छन् । कम्पनीकै कामका लागि काठमाडौं आएका व्यक्तिहरू नेपालका विभिन्न स्थानमा जान सक्छन् । त्यसैगरी नेपालमा सक्रिय लायन्स क्लब, रोटरी इन्टरनेशनलजस्ता थुप्रै संस्थाले तिनको अन्तरराष्ट्रिय सम्मेलन नेपालमा गराउन पहल गर्ने हो भने सम्भव देखिन्छ । यसरी नेपालमा माइस पर्यटनको प्रशस्त सम्भावना भए पनि कसैको आँखा नपुगेको देखिन्छ । यसको प्रवर्द्धन भयो भने माइस पर्यटनबाट लाभ लिन सकिन्छ ।