म्याग्दीकाे मालिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा एमालेका उम्मेदवार वेगप्रसाद गर्वुजाले तीन हजार ९१ मत प्राप्त गरेर जित हासिल गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्रीप्रसाद रोका मगरले दुई हजार नौ सय ७० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी घर्ती मगर पुनले तीन हजार एक सय ६७ मत प्राप्त गर्नुभयो । यस्तै सात वटा वडामध्ये नेपाली कांग्रेसले तीन, एमाले तीन र माओवादी केन्द्रले एउटा वडाध्यक्षमा जित हासिल गरेको छ । 

सम्बन्धित सामग्री

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

म्याग्दी । म्याग्दीका गाउँपालिका, नगरपालिका र वडामा महिलाको नेतृत्व शून्य भएको छ । जिल्लाका छ ओटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा सबै पुरुष उम्मेदवार निर्वाचित भएका हुन् । प्रमुख र अध्यक्ष पदमा सबै पुरुष निर्वाचित हुँदा उपाध्यक्षमा पाँच महिला र एक पुरुष उम्मेदवार विजयी भएका छन् । नगर र गाउँपालिकाको नेतृत्वका लागि तीन र वडाको नेतृत्वका लागि दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरू सबै पराजित हुँदा पालिका र वडाको नेतृत्वमा महिलाको उपस्थिति शून्य भएको हो । धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी थमसरा पुन कांग्रेसका प्रेमप्रसाद पुनसँग पराजित भइन् । नेकपा (माओवादी केन्द्र)बाट रघुगङ्गा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी मीना विश्वकर्मा तेस्रो बनिन् । राप्रपाबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी मीनाकुमारी शर्मा चौथो बनिन् । मङ्गला गाउँपालिकाको वडा नं ४ मा एमालेले लक्ष्मीकुमारी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई वडाध्यक्षको उम्मेदवार बनाएका थिए । कांग्रेसका लालबहादुर रोकाले दुवै जनालाई पराजित गरेर वडाध्यक्षमा निर्वाचित भए । स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित भएका थिए । दलहरूले नेतृत्व तहमा महिलालाई अवसर नदिएका कारण निर्वाचित हुनेको संख्या पनि कम भएको म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मीले बताए । जिल्लामा नेकपा (एमाले) ले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ । कांग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेको छ । माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ । धवलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एक मात्र स्वतन्त्र उम्मेदवार बनेका छन् । रासस

म्याग्दीको कुन वडामा कसले जित्यो?

म्याग्दी : आइतबार राति ९ः५० सम्म म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामध्ये एउटा पालिका र २४ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। नेकपा एमालेले मालिका गाउँपालिका अध्यक्ष‚ उपाध्यक्ष र ११ वटा वडा जितेको छ। एउटा वडामा एमालेले जितेको घोषणा गरिए पनि विवाद भएपछि पुनः मतगणनाको निवेदन परेकाले स्थगित भएको छ।नेपाली कांग्रेसले ९ र माओवादी केन्द्रले ४ वटा वडामा जित हासिल गरेका छन्। एमालेबाट बेनी नगरपालिका-१ मा टेकबहादुर थापा, मंगला-१ कुहुँमा एकतिज रोका, बाबियाचौर-२ मा धनबहादुर खाती क्षेत्री, मालिक

मालिका गाउँपालिकाको ५ वर्ष: 'संरचनात्मक जग बनाउनु उपलब्धि'

मालिका गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा श्रीप्रसाद रोका २५ वर्षका र उपाध्यक्ष खरमाया विटालु ३२ वर्षका थिए । मगर समुदायका श्रीप्रसाद कांग्रेसबाट निर्वाचित भएका हुन् । दलित समुदायकी खरमाया एमालेबाट निर्वाचित हुँदा आलाकाँचाजस्ता देखिए पनि ५ वर्षे कार्यकामा निकै परिपक्वता देखाए ।

म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरू

म्याग्दी-मालिका गाउँपालिका–६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने कमेरेबाट अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । सुरुङ निर्माणको सुरुवात मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले गरेका थिए ।आयोजनका साइट इन्जिनियर […]

बेनी-दरबाङको हिलाम्य सडकमा ठेकेदार सांसद जीपछिरिङको फोटो

६ भदौ, पोखरा । म्याग्दी बेनीबाट पश्चिमी बेल्ट दरबाङसँग कच्ची सडक ट्रयाक खुल्दा स्थानीयको भुँइमा खुट्टा थिएन । मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका सम्झिन्छन्, ‘माओवादी सशत्र संघर्ष चलिरहेकै बेला पनि स्थानीयले सडकका लागि चन्दासमेत उठाएका थिए । माओवादी जनसरकारले पनि सडकको ट्रयाक खोल्न सघाएको थियो । बेनी-दरबाङ सडक खुल्दा स्थानीय खुसीले नाचेका थिए ।’ २०६३ […]