नियमावलीप्रति महासंघ आक्रोशित

काठमाडौं । सरकारले मस्यौदाभन्दा फरक तरिकाले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन गरेपछि नेपाल निर्माण व्यवसायी महासंघ असन्तुष्ट बनेको छ । महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संशोधित नियमावलीका प्रावधानका विषयमा आफ्नो असन्तुष्टि राखेको छ । महासंघले यसअघि पत्रकार सम्मेलन नै गरेर मस्यौदामा भएको प्रावधानभन्दा छुट्टै प्रावधानसहित नियमावली संशोधन भएको जनाउँदै विरोध जनाएको थियो । महासंघको प्रतिनिधि […] The post नियमावलीप्रति महासंघ आक्रोशित appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै निर्माण व्यवसायी आक्रोशित

आफ्ना जायज मागहरू पूरा गर्न सरकार उदासीन रहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आक्रोश व्यक्त गरेको छ । सरकारले उच्च स्तरमा गरेको सहमतिसमेत कार्यान्वयन नभएपछि महासंघ आक्रोशित भएको हो ।

सरकारसँग श्रमिक संघ, संगठन आक्रोशित

काठमाडौँ : श्रमिक संघ, संगठनले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनले जलवायु परिवर्तनका लागि श्रमिक सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरूको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन्।शनिवार ललितपुरमा आयोजित सरोक

उद्योगी-व्यवसायी विभाजित

राष्ट्र बैंकले चालू पुँजी कर्जाको मार्गदर्शन संशोधनमा बीचको बाटो अपनाएपछि उद्योगी व्यवसायी विभाजित बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संस्थामा आवद्ध अधिकांश पदाधिकारीहरु अहिलेको अवस्थामा कर्जा तिर्न केही समय पाएको भन्दै सकारात्मक देखिएका छन् । अरु धेरै उद्योगी–व्यवसायी भने राष्ट्र बैंकले निजी क्षेत्रको माग पूरा नगरेको भन्दै आक्रोशित बनेका छन् । […]

केवल टिभी व्यवसायीद्वारा कुलमानविरुद्द अदालत जानेसम्मको चेतावनी

बुधबार केवल टिभी व्यवसायीहरुले राष्ट्रिय भेलाको आयोजना गरे । विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि आन्दोलित भएका केवल टिभी व्यवसायीहरुले बुधबार काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेका हुन् । भेलामा उपस्थित भएर केवल टिभी व्यवसायी इतरका व्यक्तिहरुले पनि उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बन्दसत्रमा प्रदेश अनुसार टोली बनाएर छलफल गरेका व्यवसायीहरुले कुलमान घिसिङ र प्राधिकरणविरुद्द संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने निष्कर्ष सुनाएका छन् ।प्रदेश १ (दिनेश सुवेदी–टोली नेता)समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर १ का टोली नेता दिनेश सुवेदीले बढेको पोलको भाडा तिर्नै नसक्ने बताए । उनले एप्सहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने, एनालकलाई डिजिटलमा जाने समय थप हुनुपर्ने र पोलको भाडा बढाएका कुलमानविरुद्द केवल टिभी व्यवसायी महासंघले संघर्ष समिति नै बनाएर आन्दोलन गर्नुपर्ने सुनाए ।प्रदेश २ (पवन कुमार शाह–टोली नेता)प्रदेश नम्बर २ का व्यवसायीका तर्फबाट छलफलका निष्कर्ष सुनाउँदै टोली नेता पवन कुमार शाहले यसअघि प्राधिकरणले तोकेको पोलको भाडा तिर्दापनि व्यवसायीलाई जानकारी नै नदिई पोल सारेर प्राधिकरणले अनावश्यक दुःख दिने काम गरेको गुनासो गरेका छन् । उनले अब बढेको पोलको भाडा तिर्न आफूहरु नसक्ने र सिमा क्षेत्रमा भारतीय डीटीएचका कारण नेपाली व्यवसायी मर्कामा परेको दुखेसो पोखेका छन् । बागमती प्रदेश (पुष्पलाल श्रेष्ठ–टोली नेता)बागमतीका टोली नेताका रुपमा छलफलको निष्कर्ष सुनाएका पुष्पलाल श्रेष्ठले संघप्रति नै आक्रोश पोखे । ठूला केवुल व्यवसायीहरुले सानालाई हेप्ने गरेको उनको गुनासो छ । ‘भन्दा साथीहरुलाई चित्त दुख्ला, तर हाम्रा ठूला केवुल व्यवसायीहरुले सानालाई जहिल्यै हेपाहा नजरले हेर्नुभयो’ उनले भने, ‘आज खोइ महासंघ, कहाँ छ ? ३ वर्षदेखि महासंघ हराएको छ ।’यसअघिःकेवल टिभी व्यवसायीदेखि चलचित्र निर्मातासम्मको निष्कर्ष, ‘कुलमानमा दम्भ बढ्यो’उनले साना व्यवसायीहरु मिलेर छुट्टै महासंघ बनाएर जाने सोच रहेको पनि सुनाए ।यसैक्रममा उनले पोलको भाडा तिर्न नसकिने बताउँदै इन्टरनेटबाट चल्ने विदेशी एप्सहरुलाई करको दायरामा ल्याउन वा यसो गर्न नसकिए बन्द गर्न पनि सरकारसँग माग गरे ।गण्डकी प्रदेश (महाप्रसाद सुवेदी–टोली नेता)अन्य प्रदेशका टोली नेताभन्दा निकै आक्रोशित देखिएका महाप्रसाद सुवेदीले प्राधिकरणले बढाएको भाडा मात्रै नभई यसअघि तिर्दै आएको भाडा पनि अब नतिर्ने चेतावनी दिए ।‘हाम्रै खेतमा पोल गाडेर प्राधिकरण व्यापार गर्ने, अनि हामीसँगै पैसा माग्ने ?’ उनले प्रश्न गर्दै भने, ‘बिजुली हामीलाई पनि चाहिएको छ भनेर हामीले पोल गाड्न दिएको हो, त्यसमा केवल टिभीका तार टाँगेवापत केही शुल्क पनि तिरेकै हौँ, तर एकोहोरो पेल्ने नीति प्राधिकरणले लिएको छ, अब त्यो तिर्दै आएको पैसा पनि तिर्दैनौँ, हाम्रो खेतमा पोल गाडेवापत प्राधिकरणसँग अब मुआब्जा माग्ने हो ।’प्राधिकरणले पोल गाडेको छेउको जग्गा धितो राखेर ऋण लिन खोज्दा बैंकले नदिने र घर बनाएर बस्न पनि स्थानीय तहले नक्सा पास नगरिदिने उनको गुनासो छ । सुवेदीले महासंघका अध्यक्ष सुधिर पराजुलीले सदस्य व्यवसायीका माग सम्बन्धित निकायमा राख्न नसकेको आरोप पनि लगाए ।लुम्बिनी प्रदेश (मनोहरी योगी–टोली नेता)लुम्बिनी प्रदेशका केवुल टिभी व्यवसायीका तर्फबाट छलफलको निष्कर्ष सुनाउन मञ्चमा पुगेका मनोहरी योगीले कुलमान घिसिङ र प्राधिकरण विरुद्द अदालत जानुपर्ने बताएका छन् । कानुन व्यवसायीले पनि अत्याधिक चर्को शुल्क लिनेगरी प्राधिकरणले गरेको निर्णय संविधानमा उल्लेख भएका अधिकार विपरित भएकाले अदालत जान सुझाव दिएकाले अब ढिला गर्न नहुने उनको तर्क छ ।उनले सुरुमा कानुन व्यवसायीसहित सञ्चार र उर्जा मन्त्रालयमा डेलिकेशन जान पनि नेतृत्वलाई सुझाए ।

‘तोरी खायो मौरीले’ भन्दा आपत्ति- सर्जकप्रति लक्षित कि गीतका शब्दप्रति?

काठमाडौँ – दुई महिना अगाडि युट्युबमा सार्वजनिक भएको तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ मा प्रयोग भएको शब्दमा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासंघले विज्ञप्ति निकाल्यो। सार्वजनिक गरिएको विज्ञप्तिमा गायिका कमला घिमिरेको नाम उल्लेख गरिएको छ। विज्ञप्तिमा गीतमा प्रयोग भएका शब्द ‘तोरी खायो मौरीले’ ले नेपाल मौरीपालक महासंघ दुखित भएको र कृषकलाई आक्रोशित तुल्याएको साथै तोरी उत्पादक […]

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग

दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ । यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित […]

किरात समुदायको समाधि स्थल मेचीनगरले भत्कायो

झापा : किरात समुदायको समाधि स्थलमा मेचीनगर नगरपालिकाले डोजर चलाएपछि त्यहाँका किरात समुदाय आक्रोशित बनेका छन्। उक्त बिहीबार दिउँसो मेचीनगर नगरपालिकाको कार्यालय घेराउ गर्दै ज्ञापनपत्र बुझाएका छन्।नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा मेचीनगरले संयुक्त रुपमा ज्ञापनपत्र नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई बुझाएका हुन्। उनीहरूले ज्ञापनपत्रको बोधार्थ मेचीनगर नगरपालिका वडा नम्बर ६ वडा कार्यालय, नेकपा एमाले मेचीनगर कमिटी, नेपाली कां

सरकारमाथि महासंघको तरवार

बिद्युतिय कारोवार ऐन अन्तर्गत सरकारले धमाधम पत्रकारमाथि मुद्दा चलाउँदै थुन्न थालेपछि नेपाल पत्रकार महासंघ आन्दोलित भएको छ । आर्थिक अपचलन नहोस भन्ने उद्देश्यले ल्याइएको ऐन पत्रकारमाथि लगाउन थालेपछि महासंघ आक्रोशित भएको ...