सरकारसँग श्रमिक संघ, संगठन आक्रोशित

काठमाडौँ : श्रमिक संघ, संगठनले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्।नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनले जलवायु परिवर्तनका लागि श्रमिक सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरूको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन्।शनिवार ललितपुरमा आयोजित सरोक