राष्ट्रिय सभा सदस्यको शपथ आज

राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ हुनेछ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यहरूको शपथ गराउनु हुनेछध्र एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरूले फागुन २१ (बुधबार) देखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् ।

सम्बन्धित सामग्री

उन्नाइस सदस्यको शपथ आज

राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले सोमबार शपथग्रहण गर्दै छन् । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका लागि २०७४ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिँदै छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुने जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा निर्वाचित सदस्यले राष्ट्रिय सभाको अध्यक्षता गर्ने व्यक्तिसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउने

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए छ ।बुधबार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज […]

‘सङ्घीयताका आधारमा पालिका र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउँछु’

काठमाण्डाै – नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले सङ्घीयताका आधारमा पालिका र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताउनुभएको छ ।  बुधवार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको सङ्घीयता, समावेशी र समानुपातिकताकाे आधारमा पालि...